जनार्दन शर्मालाई यसकारण चप्पलले हिर्काएकि रहेछिन निर्मलाले, बल्ल खोलिन यस्तो रहस्य .. - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Tuesday, December 5, 2017

जनार्दन शर्मालाई यसकारण चप्पलले हिर्काएकि रहेछिन निर्मलाले, बल्ल खोलिन यस्तो रहस्य ..

दिया चन्द । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मामाथि आफ्नै गृहजिल्लामा चप्पल प्रहार भयो भन्दा धेरैले पत्याएनन् । इमान्दार मिडियाले पहिलोपटक ब्रेक गरेको उक्त समाचार ‘बिग मिडिया हाउस’ हरुले कभर नगरेपनि भाइरल बन्यो ।साना लगानीका मिडियाहरु कयौंले इमान्दार मिडियालाई स्रोत राख्दै उक्त समाचार प्रकाशित गरे भने कसैले मात्र कपि-पेस्ट गरे । कसैले त यो ‘हावा’ समाचार हो सम्म पनि भन्न भ्याए ।

एउटा मिडियाको लागि त्यो भन्दा ठुलो दुखको क्षण अरु केहि पनि हुदैन, जब उसले प्रकाशन / प्रशारण गरेको समाचारलाई ‘झुटो’ र अफवाहको संज्ञा दिइन्छ । भनिन्छ ‘तितो सत्य हुन्छ ।’ सूचना दिने स्रोत गलत थिएन । अर्थात् समाचार गलत या माअाेवादी केन्द्रका केहि कार्यकर्ताहरूले भनेकाेजस्ताे ‘झुटाे’ पनि थिएन यसमा म ढुक्क थिए ।

उसो त जनार्दन शर्माले मलाई चिन्दैनन् होला, तर उनको इतिहास मलाई राम्रोसँग थाहा छ ।

अत्यन्तै छोटो तरिकाले भन्नुपर्दा रुकुम जिल्लाको खलंगा गा.वि.स. वडा नं. ३ सेरीगाँउका स्थानीय हुन शर्मा । २०२० सालमा घरकै जेठो सन्तानका रुपमा जन्मिएका शर्मालाई उमेरका हिसाबले मैले काका भन्न पनि सुहाउछ ।

दशबर्षे जनयुद्धले उनलाई जनार्दन शर्माबाट ‘प्रभाकर’ बनायो । तात्कालिक नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनसेनाका डेपुटी कमान्डर र त्यसपछिको एकीकृत नेकपा(माओवादी)का पोलिटव्यूरो सदस्य रहेका शर्मा नेपाल सरकारका शान्ति तथा पुननिर्माण मन्त्री, उर्जा मन्त्री र गृहमन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन जनार्दन शर्मा प्रभाकर । २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी पनि भए।

राजनैतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लागे, शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक हुन्।

जनयुद्धको समयमा कहिले सेना, कहिले संगठन गर्दै केही समय सेती महाकालीको तत्कालिन ब्युरो इन्चार्ज समेत भएका जनार्दन प्लाटुनदेखि बटालियन कमिसार हुदै डिभिजन कमाण्डर बने । जब २०६२ सालमा जनसेनाको संख्या ७ वटा डिभिजनमा बढेपछि उनि डेपुटी कमाण्डर बने ।

जनार्दन शर्माको उच्च इतिहास सम्मानजनक छ । उनको बारेमा धेरै लेख्नुभन्दा पनि अब म उनिमाथि भएको चप्पल प्रहारको प्रसंगतिर जान चाहन्छु ।

कुरा गत कार्तिक ३० गतेको हो । रातिको करिब ८ बजेतिर हाेला अफिसमै थिए । एउटा परिचित नम्बरबाट फोन आयो । सूचना थियो रुकुमको बाफिकोटमा जनार्दन शर्मामाथि चप्पल प्रहार भएको ।

होइन होला की ? भन्ने पनि लाग्यो, मैले ४ पटकसम्म कन्फर्म गरे तर सूचना भरपर्दो स्रोतबाट आएको थियो । तत्काल जिल्ला प्रहरी कार्यालय रुकुमलाई फोन गरे । प्रहरीले घटनाको पुष्टी गरेन । सूचना दिने मान्छेलाई पुनः फोन गरे । चप्पल प्रहार गर्ने मान्छेसँग सम्पर्क गराईदिन आग्रह गरे । तर उनलाई भने प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएको भन्ने जानकारी आयो ।

समाचारबारे एकछिन् टिममा छलफल पनि भयाे । अन्त्यमा निर्णयमा पुगियो, अब समाचार ब्रेक गर्नुपर्छ । फटाफट समाचार तयार पारेर ब्यानर न्युजमा हालियो, शीर्षक थियो- ‘BREAKING : रुकुममा जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले गरिन चप्पल प्रहार’ त्यो समाचार आज पनि हामीसँग सुरक्षित छ ।

यो समाचार प्रकाशित भएलगत्तै कयौं अनलाइनहरुले जस्ताको त्यस्तै सारे पनि । केहिले इमान्दार मिडियाबाट साभार भनेर लेखे । कहिले रि-राइट पनि गरे ।हेर्नुहोस यो समाचार प्रकाशित गर्ने केहि अनलाइनहरुका लिंक

यी युवतीले मन्त्री शर्मालाई मञ्चमै दिइन गाला रातो हुने गरेर चप्पलले दनक (नेपाल पाना)

जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले गरिन चप्पल प्रहार अखबार दैनिक

रुकुममा जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले गरिन चप्पल प्रहार (राम्रोपोस्ट)

रुकुममा यी युवतीले यसकारण प्रहार गरिन जनार्दन शर्मा माथि जुत्ता प्रहार (नेट पत्रिका)

जनार्दन शर्मालाई चप्पल हान्ने युवती को हुन, किन प्रहार गरिन चप्पल ? (हाम्रा कुरा)

जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले यसकारण गरिन् चप्पल प्रहार (न्युज नेपाल)

जनार्दन शर्मामाथि बम पछि महिलाद्वारा चप्पल प्रहार ll को हुन् चप्पल प्रहार गर्ने महिला ? (आइटिभी)

यी महिलाले मञ्चमै दिईन्, जनार्दन शर्मालाई तोरीको फुल देख्ने गरी चप्पलले दनक (कामना न्युज)

जनार्दन माथि रुकुममा आज फेरि जुत्ता प्रहार (लोकसत्ता)

रुकुमबाट आयो यस्तो खबर, नेता जनार्दन शर्मा माथि निर्मलाले गरिन् चप्पल प्रहार, कारण यस्तो छ (पुरा विवरण हेर्नुहोस्) (इलाइभ)

माओवादी नेता प्रभाकरलाई जनयुद्धका सहिद परिवार निर्मलाले किन हानिन् चप्पल ? यस्ता छन् कारण (सिम्पल अनलाइन)

यी अनलाईहरु त मात्र उदाहरण हुन् । गुगल क्यासमा यो समाचार प्रकाशित भएको अरु थुप्रै अनलाइन र ब्लगहरुका लिंक भेटिन्छन ।



दिया चन्द/इमान्दार मिडियाबाट साभार
यस बिषयमा तपाइको प्रतिक्रिया लेख्नुहोस

No comments:

Post a Comment

Post Top Ad