नेचुरल एन्टीबायटीक लसुन, यस कारण पनि खानुस – यौनक्षमता वृद्धिदेखि क्यान्सरको रोकथामसम्म फाईदै फाइदा - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Friday, December 8, 2017

नेचुरल एन्टीबायटीक लसुन, यस कारण पनि खानुस – यौनक्षमता वृद्धिदेखि क्यान्सरको रोकथामसम्म फाईदै फाइदा

एजेन्सी- लसुन एक परम्परागत औषधि मानिन्छ, जसले ठूला रोग पनि निको पार्छ । यौनक्षमता वृद्धिदेखि विभिन्न रोगको उपचार गर्न लसुनको प्रयोग हुने गर्छ ।तपाई बारम्बार बिरामी भइरहनु हुन्छ वा थकान महसुसले कुनै पनि काम गर्न जाँगर लाग्दैन भने शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनुपर्छ । यस्तो अवस्थामा दैनिक खाली पेटमा लसुन खाँदा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

लसुन सबै प्रकारका खानामा प्रयोग हुन्छ । लसुनले शरीरभित्र उत्पन्न हुने जुनसुकै रोगको नाश गर्छ । खाना खानु वा पिउनुअगाडि लसुन खाँदा तागत बढ्नुका साथै यसले प्राकृतिक एन्टिबायोटिकको रुपमा काम गर्छ ।बिहानै खाली पेटमा लसुन खाँदा यसले व्याक्टेरिया नाश गर्छ ।लसुन कब्जियत, पायल्स र कानको दुखाइको उपचारमा पनि प्रयोग हुन्छ । उमालेको पानीमा केही लसुन राखी त्यो पानी खादा पायल्स र कब्जियत निको हुन्छ ।

लसुनले उच्च रक्तचापबाट बचाउँछ । बिहान खाली पेटमा दुई पोटी लसुन नियमित खाँदा रक्तचाप नियन्त्रणमा आउँछ । यसले मुटुसम्बन्धी समस्याबाट बचाउँछ ।खाली पेटमा लसुन खाँदा पखाला लगायतका पेटका समस्या निर्मूल गर्छ ।लसुनले पाचनप्रक्रियालाई सहज बनाउँछ र भोक जगाउँछ ।लसुन यति शक्तिशाली हुन्छ कि यसले शरीरको किटाणु र जीवाणुबाट बचाउँछ । विभिन्न रोग जस्तै डायबिटिज, डिप्रेसन तथा क्यान्सरको रोकथाममा पनि सहोग पुर्याउँछ ।

No comments:

Post a Comment

Post Top Ad