आज मिति 2074-08-23 गते शनिवारको राशिफल पढ्नुहोस् अनि share पनि गरिदिनु होला - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Friday, December 8, 2017

आज मिति 2074-08-23 गते शनिवारको राशिफल पढ्नुहोस् अनि share पनि गरिदिनु होला


आज मिति 2074-08-23 गते शनिवारको राशिफल पढ्नुहोस् अनि share पनि गरिदिनु होला: हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।

मेष– प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। खर्च बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

वृष– काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।

मिथुन– कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कर्कट– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला।

सिंह– शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।

कन्या– अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

तुला– लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ।

वृश्चिक– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्न हुनेछ।

धनु– समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ। पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला।

मकर– काम बिग्रने डरले सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।

कुम्भ– मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मान समेत पाप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ।

मीन– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

No comments:

Post a Comment

Post Top Ad